लागू औषध गाँजा बरामद
२०८२-०१-३०
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका ६ स्थितबाट ५ किलो ग्राम लागू औषध गाँजा आइतबार बेलुका प्रहरीले बरामद गरेको छ । भेडियाहीबाट खुटौना तर्फ आउँदै गरेको कालो झोला बोकेको पैदल यात्रीले प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलीलाई देख्ना साथ झोला फाली भगेकोमा उक्त झोला चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।