लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०८
- A
- A-
- A+
१.
सिरहा, भगवानपुर गाउँपालिका-१
कल्याणपुर हुलाकी रोड स्थितबाट लागू औषध गाँजा ३० किलो ९५५ ग्राम सहित भगवानपुर गाउँपालिका-५
परोल बस्ने वर्ष ४२ को काशिन्दर राम र वर्ष ५० को अशेश्वर रामलाई बुधबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशवारी र अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नेपाल देखी भारत तर्फ
जाँदै गरेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा
फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणम लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।