लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०२-१२
- A
- A-
- A+
बारा, फेटा गाउँपालिका-५ जोतपुर निलकन्ठवा जाने बाटोबाट ३ के.जी.
३५० ग्राम लागू औषध गाँजा सहित देश भारत जिल्ला मोतिहारी ग्राम ईनर्वा बस्ने बर्ष-४८
को सलिम मियाँलाई आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाइ प्रहरी
पोष्ट जोतपुर बाराबाट खटिएको प्रहरी गस्ती टोलिले
फेटाबाट आउँदै गरेको साईकललाई शंकाको आधारमा चेक जाँच गर्दा निजलाई उक्त
परिमाण बराबरको लागुऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।