सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०२-१२
- A
- A-
- A+
जिल्ला सर्लाही बागमती नगरपालिका-१२ स्थित चेकपोष्टमा खटिएको
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रुपन्देही बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र.३-०१-००५
ख ९४६० नम्बरको ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकमा जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटर पार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन, हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरुको
प्रज्ञापन पत्र नभएको, सामानहरुको भ्याट बिल नभएको बिल-बिजक
शंकास्पद देखिएको मुल्य रू ४७,९७,५०१।-
(सरचालिस लाख, सन्तानब्बे हजार, पाँच सय एक) बराबरको सामानहरु ट्रक सहित
नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको ।