फरार प्रतिवादी पक्राउ
२०८२-०२-१२
- A
- A-
- A+
१.
सप्तरी, लागु औषध मुद्दामा १ महिना १५ दिन कैद
र रु.१,५००/- (एक हजार पाँच सय रुपैयाँ) जरिवाना तोकिएको फरार प्रतिवादी बोदेबर्साईन
नगरपालिका-३ बस्ने महादेव साहको छोरा बर्ष-२५ को अमित कुमार साहलाई आईतवार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको
प्रहरी गस्ती टोलीले निजलाई आफ्नै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, सर्लाही जिल्ला अदालतबाट डाका मुद्दामा
६ वर्ष कैद रु. ३४५०।- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला रौतहट गढीमाई नगरपालिका-३
लक्ष्मीपुर बस्ने बर्ष ६५ को ईसराईल घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा
लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।