लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-१४
- A
- A-
- A+
बारा, जितपुरसिमरा उप-महानगरपालिका-१
पथलैया स्थितबाट लागु औषध गाँजा अन्दाजी ११ किलो ग्राम सहित जिल्ला चितवन राप्ति
गाउँपालिका ९ बस्ने सोम बहादुर गुरङको श्रीमति अन्दाजी बर्ष ३८ कि भु-माया तामाङ र सोही स्थान बस्ने पुर्ण बहादुर तामाङको
श्रीमति अन्दाजी बर्ष ४५ कि सन्तमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच
गर्ने क्रममा नारायणघाटबाट कलैया तर्फ जादै गरेको ना ५ ख ३६७८ नम्बरको यात्रु वाहक
बस भित्र लुकाई छुपाई राखेको २ वटा कालो झोला भित्र लागु औषध गाँजा फेला पारी
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।