अबैध लागु औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा
२०८२-०२-१४
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका-१० स्थितबाट लागु औषध गाँजा अन्दाजी ६ किलो
ग्राम र प्रदेश.२-०२-००१प ४२३९ नम्बर को मोटरसाईकल बुधबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरी
टोलीलाई देखी वनपतचोक तर्फ जाँदै गरेको मोटरसाईकल बिच बाटोमा मोटरसाईकल छाडी मानिस
भागेकोले उक्त मोटरसाईकलमा रहेको झोला भित्र
लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ ३ पोका
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।