लागु औषध Tramadol र Onerex सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-१६
A
A-
A+
Share
बारा, जितपुर सिमरा उप-महानगरपालिका
वडा नं. २१ अमलेखगंज स्थितबाट लागु औषध Tramadol Hydrochloride
Capsules २१६० पत्तामा २१,६०० ट्याब्लेट र ONEREX-100 Ml लेखिएको थान- ७६ बोतल सहित देश भारत जिल्ला
भैसाली ग्राम हुसेनाराके वडा नं. १२ बस्ने वर्ष २७ को धिरज कुमार सिंह र देश भारत जिल्ला मोतिहारी ग्राम कटगेनवा वडा
नं. २ बस्ने वर्ष १८ को चन्दन कुमार पटेललाई
बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका
प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले अमलेखगंज स्थित चेक प्वाईन्टमा बिरगंजबाट
हेटौंडा तर्फ जाँदै गरेको BR 01 BU 3485
नम्बरको भारतीय कारलाई चेक जाँच गर्दा उक्त कारमा पछाडीको सिट मुनी फल्स बटम बनाई
लुकाई छिपाई राखी ल्याईरहेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध सहित कार र निजहरुलाई
प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।