लागु औषध गाँजा नियन्त्रणमा
२०८२-०२-१९
- A
- A-
- A+
पर्सा, जगरनाथपुर गाउँपालिका वडा- नम्बर-१ टाँडी स्थितबाट
लागु औषध गाँजा-३० किलो ग्राम आईतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालबाट
भारत तर्फ जाँदै गरेको BR05AJ 9070 नम्बरको मोटरसाईकलमा सवार चालकले प्रहरी चौकी
पाण्डेपुर र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट संयुक्त रुपमा खटिएको प्रहरी
गस्ति टोलीलाई देखी मोटरसाईकल छाडी फरार
भएकोमा उक्त मोटरसाईकल चेक जाँच गर्दा लागु औषध गाँजा फेला परेको, उक्त गाँजा र मोटरसाईकल
नियन्त्रणमा लिइ चालकको खोजतलास तथा प्रहरीले
थप अनुसन्धान कार्य गरिरहेको छ ।