लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-२२
- A
- A-
- A+
१. सर्लाही, मलंगवा नगरपालिका-१० बसपार्क स्थितबाट
लागु औषध NITRAVET-10
८९ पत्तामा २६७० पिस सहित ३ जना मानिसहरुलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ
पर्नेहरुमा मलंगवा नगरपालिका १० बस्ने वर्ष २८ को शनि झा, वर्ष २८ को मुकेश पण्डित
र चक्रघट्टा गाउँपालिका २ औरही बस्ने वर्ष १८ को पंकज कुमार राउत रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र लागु औषध नियन्त्रण ब्युरो
शाखा कार्यालय ब्युरो बिरगंजबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा निजहरुलाई
उक्त परिमाण बराबरको लागू औषध, BR 32 X 1753 र BR 30
N 7825 नम्बरको २ वटा मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास नगरपालिका ८ रमानन्दचोक स्थित
जलेश्वर बर्दिबास सडक खण्डबाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने अर्ध ठोस
पदार्थ अन्दाजी ५० ग्राम (तौल हुन बाँकी) सहित जलेश्वर नगरपालिका २ जलेश्वर बस्ने
महेन्द्र शाहको छोरा अन्दाजी बर्ष ३२ को सिकेन्द्र साहलाई बुधबार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण
ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले जलेश्वरबाट
बर्दिबास तर्फ आउँदै गरेको लु.२ च. २१२४ नम्बरको निजी कारलाई चेक जाँच गर्दा Wafer rolls Chocolate
flavoured Cream उल्लेखित चकलेटको बट्टा भित्र सेतो प्लास्टिक भित्र लुकाई छिपाई राखिएको अवस्थामा
उक्त परिमाण बराबरको लागु औषध (ब्राउन सुगर) जस्तो देखि अर्ध ठोस पदार्थ फेला
परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।