लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०१
- A
- A-
- A+
१.
धनुषा, विदेह नगरपालिका-९ वैदेहीबाट खौना जाने
सडक खण्डबाट लागु औषध Nitravet-
10 लेखिएको ट्याब्लेट ३००
पिस र लागु औषध गाँजा १० ग्राम सहित सोही
स्थान बस्ने बर्ष २५ को साजिर कवाडी र बर्ष १९ को सुजित सदालाई शनिबार प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाबाट खटिएको चेकिङ्ग टोलीले चेक जाँच
गर्ने क्रममा भारतको खौनाबाट बैदेही तर्फ आउँदै गरेको पैदल यात्रीलाई शंका लागी
चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध Nitravet- 10 सहित निज साजिर
कवाडीलाई नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न रहेको सुजित सदालाई लागु
औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।