लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-११
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-४ स्थितबाट
लागु औषध Nitrazepam
Tablets ASPAM10- १२०० चक्की सहित अटोमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-२४
बस्ने जित बहादुर बि.क.को छोरा अन्दाजी वर्ष १८ को अनिस बि.क. र धन बहादुर परियारको
छोरा अन्दाजी वर्ष १८ को सन्देश परियारलाई
मंगबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको
प्रहरी टोलीले भारतको सोनवर्षाबाट भेल्ही तर्फ जाँदै गरेको अटो चालक चन्द्रनगर गाउँपालिका-४
बस्ने अन्दाजी वर्ष २५ को शम्भु साहले
चलाएको म. प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार मानिसलाई चेकजाँच गर्दा लागु औषध फेला पारी
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।