लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१५
- A
- A-
- A+
१. बारा, परवानिपुर गाउँपालिका-५ बहुअरी स्थितबाट लागु औषध गाँजा २१२ किलो ग्राम सहित पिकप चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने शम्भु कार्कीको छोरा अन्दाजी बर्ष २८ को रबि कार्की, वडा नम्बर-१२ टिसटुङ बस्ने अन्दाजी बर्ष ४६ को बिर बहादुर गोले, हेटौंडा उप-महानगरपलिका-१४ उतरपानी बस्ने अन्दाजी बर्ष २३ को साजन मुक्तान र जिल्ला धादिङ थाक्रे गाउँपालिका-७ आपसी चौक बस्ने अन्दाजी बर्ष ३१ को महेश तमाङलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना को अधारमा जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले हेटौंडाबाट बाराको गण्डक तर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकप गाडिलाई रोकी चेक जाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको, लागु औषध गाँजा फेला पारी गाडी सहित निज ४ चारै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल स्थितबाट लागु औषध
गाँजा ४ किलो ५५९ ग्राम सहित सोही स्थान बस्ने भिम बहादुर वाइवाको श्रीमती अन्दाजी
बर्ष ६० की सेती मायालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा लागु औषध गाँजा विक्रि वितरण गरिरहेको
छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको
प्रहरी टोलीले सेती मायाको घर तलासी गर्दा लागु औषध गाँजा फेला पारी निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. धनुषा जनकनन्दनी गाउँपालिका- १ कमला बाध स्थितमा प्रहरी चौकी
ईनर्वाबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै
गरेको जिल्ला सिरहा कल्यानपुर नगरपालिका- ४ मौहुलिया बस्ने जय कुमार ठाकुरको छोरा
अन्दाजी बर्ष १९ को कृष्ण ठाकुरलाई चेकजाँच गर्दा पकेटमा सेतो पलास्टिकमा राखिएको
लागु औषध (खैरो हिरोइन) जस्तो देखिने अन्दाजी ५५ ग्राम फेला परेकोमा निजलाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भईरहेको छ ।
४. सिरहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँध स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्राम सहित मोटरसाईकल चालक सोही स्थान बस्ने भुवन कामतीको छोरा अन्दाजी वर्ष २० को दिपक कामती र मोटरसाईकल पछाडि सवार वडा नम्बर-८ बडकी टोल बस्ने धामी कामतीको छोरा अन्दाजी वर्ष २४ को रमेश कामतीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोलीले माडरबाट कल्याणपुर तर्फ जाँदै गरेको स ६ प ४९३१ नम्बरको मोटरसाईकल सवार दुवै जना माथि शंका लागि चेक जाँच गर्दा मोटसाईकलमा पछाडी सवार रमेश कामतीको हाफ पाइन्टको पछाडिको गोजीमा साना-साना दुइ वटा प्लाष्टिकको पोकामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रण लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. सिरहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुर बिश्वकर्मा मन्दिर
स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ (एक)
ग्राम सहित सहित मोटरसाईकल चालक जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा
बस्ने राम हिर्दय पासवानको छोरा अन्दाजी बर्ष १९ को बिष्णु पासवानलाई शनिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको
प्रहरी टोलीले बन्दिपुर बिश्वकर्मा मन्दिर स्थितमा बा.प्र.०२-०३९प ९४२१ नम्बर को
मोटरसाईकल रोकि बसिरहेको अवस्थामा शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक बिष्णु
पासवानलाई लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६. सप्तरी, बोदेबर्सईन नगरपालिका-५ सत्रुध्न चोक स्थितबाट लागु
औषध ONEREX नामक (100 ML)को ७३ पिस सहित सप्तरी तिलाठी कोईलाडि गाउँपालिका-५ बस्ने श्री राम प्रसाद
साहको छोरा अन्दाजी बर्ष २० को माया नन्द साहलाई शनिबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । लागु औषध कालो झोलामा लाँदै गरेको भन्ने बिषेश सूचनाको
अधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएक प्रहरी टोलीले खडकेश्वरी बस
काउन्टरबाट काठमाण्डौँ जान लागेको यात्रु माया नन्द साहलाई लागु औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।