लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६
- A
- A-
- A+
१. धनुषा,
जनकनन्दनी गाउँपालिका-१ कमला बाध स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने
पदार्थ ४९.५६ ग्राम सहित सिरहा कल्यानपुर नगरपालिका-४ मौहुलिया बस्ने जय कुमार
ठाकुरको छोरा अन्दाजी बर्ष १९ को कृष्ण ठाकुरलाई आईतबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच
गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको कृष्ण ठाकुरलाई संकास्पद लागी
निजलाई चेकजाँच गर्दा निजले लगाएको पेन्टको बायाँ साइडको पकेटमा सेतो पलास्टिकमा
राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, मिर्चैया नगरपालिका-५ स्थितबाट लागु
औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० मिलीग्राम सहित सर्लाही चक्रघटा नगरपालिका-७ बस्ने मो.हासिब
राइनको छोरा अन्दाजी बर्ष २२ को साबिर राइनलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलाई Times स्कुल
नजिक बसिरहेको
अवस्थामा साबिर राइन माथि शंका लागी चेक-जाँच गर्दा निजले लगाएको पाईन्टको गोजिमा लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ फेला पारी निजलाई निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।