लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२३
- A
- A-
- A+
सप्तरी, बलानविहुल गाउँपालिका
२ बलान पुलबाट अन्दाजी ३०० मिटर दक्षिण खोला छेउबाट लागु औषध DIAZEPAM INJECTION -८६ पिस, PHENERGAN
INJECTION -८६ पिस र Buprenorphine INJECTION -८८
पिस सहित जिल्ला उदयपुर त्रियुगा नगरपालिका ११ बस्ने वर्ष २५ को लक्षम्ण मलाह र
त्रियुगा नगरपालिका १३ बस्ने वर्ष २४ को राजेश निरौलालाई आईतवार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल
तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध
सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।