भन्सार छलीका खुद्रा सामान सहित ट्रक नियन्त्रणमा ।
२०८२-०३-२४
- A
- A-
- A+
बारा, जितपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज स्थित जिल्ला प्रहरी कार्यालय बारा अगाडीको चेक प्वाईन्टमा खटिएको प्रहरी चेकिङ टोलिले मंगलबार दिउँसो बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा रहेका अबैध भन्सार छलीका बिल बिजक भन्दा फरक र बिभिन्न सामानहरुको भन्सार नभएको खुद्रा सामानहरु अन्दाजी मुल्य रु.१,२५,२४,०१०/- (एक करोड पच्चिस लाख चौबिस हजार दश रुपैयाँ) बराबरको सामान सहित उक्त डिब्बा ट्रकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।