स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९
- A
- A-
- A+
धनुषा, विदेह नगरपालिका ९ वैदेही स्थितबाट
स्रोत नखुलेको ने.रू.७,००,०००/- (सात लाख रुपैयाँ) सहित देश भारत जिल्ला मधुवनी
ग्राम खौना पोष्ट खौना वडा नं. ४ बस्ने वर्ष ३२ को मिथलेश कुमार कारकलाई शनिवार
साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इटहर्वाबाट खटिएको प्रहरी टोलीले
भारतबाट नेपाल तर्फ आउँदै गरेको BR32AD 9096 नम्बरको मोटरसाइकललाई
चेक जाँच गर्दा उक्त रकम फेला परेकोले रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।