लागु औषध नियान्त्रणमा
२०८२-०३-३०
- A
- A-
- A+
बारा, आदर्शकोतवाल गा.पा.४ हर्नैहिया चोक स्थितमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भनि स्थानियले जानकारी गराउन साथ आईतवार साँझ इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा दुवै क्यारेटमा रहेको आँप मुनि १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय पिस) लागु औषध ईन्जेक्सन बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।