अवैध भन्सार छलीको समान नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
पर्सा, विरगंज महानगरपालिका वडा नम्बर-२५ चण्डाल चोक स्थितमा प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पोखरियाबाट वीरगंज तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ ज.०२८७ नम्बरको म्याजिक गाडीमा भन्सार छली गरी लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी रू. ५,५८,४४० ( पाँच लाख अन्ठाउन हजार चार सय चालिस ) बराबरको औषधी सहित म्याजिक चालक जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर-१ राजिन्द्र साहको छोरा अन्दाजी वर्ष ३० को उपेन्द्र साह नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।