फरार प्रतिवादि पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
सिरहा, बरियारपट्टि गाउँपालिका १ बडहरी स्थितबाट कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला सप्तरी खडकपुर नगरपालिका १ घर भई देश भारत जिल्ला मधुवनि पिप्राहि ग्रामपञ्चायत पिप्राहि बजारमा बस्दै आएको मो. मसतकिमको छोरा बर्ष अन्दाजी ५२ को मो. इसा मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।