फरार प्रतिवादी पक्राउ
२०८२-०४-१४
- A
- A-
- A+
सिरहा, जबरजस्ती करणी
उद्योग चालु मुद्दाको फरार प्रतिवादी जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाउँपालिका ६
सितापुर बस्ने किसुनलाल यादवको छोरा वर्ष २१ को राम रिझन यादबलाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी गस्ती टोलीले लक्ष्मिपुरपतारी
गाउँपालिका ६ देवरीटोल स्थित बाटोमा हिंडिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।