लागु औषध बरामद
२०८२-०४-१४
- A
- A-
- A+
रौतहट, यमुनामाइ गाउँपालिका
२ स्थित रहेको पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको दुइवटा कपडाको झोलामा लागु औषध
गाँजा जस्तो देखिने बस्तु प्लाष्टिक सहित २९.६२० के.जी. बुधबार बिहान प्रहरीले
बरामद गरेको छ । प्रहरी चौकी सुकदेवचोकबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै
जाने क्रममा उक्त परिमाण बराबरको लागु औषध बरामद गरेको हो । साथै उल्लेखित स्थानमा शंका लागी प्रहरी गस्ती टोलीले सर्च गर्ने क्रममा उक्त
स्थान देखी अन्दाजी ५०० मिटर दक्षिण पश्चिम साईडमा लामाहा कामदेही खोला नजिक
वेवारिसे अवस्था प्लाष्टिकले बेरिएको लागु औषध गाँजा जस्तो देखिने वस्तु अन्दाजी ७६.८५०
के.जी. फेला परेकोले उक्त लागु औषध बरामद गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।