ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०४-१५
- A
- A-
- A+
बारा, फेटा गाउँपालिका-१ भलुहि स्थित खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा कलैयाबाट प्रसौनी तर्फ पैदल आउँदै गरेको जिल्ला बारा विश्रामपुर गाउँपालिका-१ घोडासाहन बस्ने मोबारक मियाको छोरा अन्दाजी बर्ष २२ को अजमुल हक अंसारीलाई शंका लागि रोकी शरिर खानतलासी गर्दा निजको साथबाट दुई वटा पुरिया सहित ब्राउन सुगर जस्तो देखिने पदार्थ १४७ ग्राम १८० मिलि ग्राम लागु औषध सहित निजलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।