लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२२
- A
- A-
- A+
बारा, निजगढ
नगरपालिका वडा नं. ४ स्थितबाट लागू औषध गाँजा १० के.जी. ३१८ ग्राम सहित जिल्ला
रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ जुडिवेला बस्ने महेश्वर धामीको छोरा अन्दाजी वर्ष
२३ को शिबु भन्ने शिवजी धामीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा
निजको साथबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।