लागु औषध सहित मानिसहरु नियन्त्रणमा
२०८२-०४-२३
- A
- A-
- A+
सिरहा, नवराजपुर गाउँपालिका ५ सोनरपुर
पोष्ट स्थितबाट लागु औषध SEMPEX नामक ट्याब्लेट ५४ पिस
सहित धनगढीमाई नगरपालिका १४ बस्ने हस्त बहादुर साही ठकुरीको छोरा बर्ष ३९ को भाई
काजी साही ठकुरीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय झाझपट्टी र बि.ओ.पी. नवराजपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट
नेपाल तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प २९३९ नम्बरको मोटरसाइकललाई चेकजाँच
गर्दा निजलाई उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । य
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।