लागु औषध सहित मानिस नियनत्रणमा
२०८२-०४-२३
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका ९ गुलरिया चोक
छेउमा रहेको बाँस झ्याङमा लागु औषध सेवन गरिरहेको छ भन्ने सुचना बिहीबार दिउँसो प्राप्त
हुना साथ वडा प्रहरी कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त
प्रहरी टोलिले बाँस झ्याङ स्थितबाट सिरहा नगरपालिका २२ बस्ने राजदेव यादवको छोरा बर्ष
३२ को रोशन कुमार यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ प्लास्टिक सहित १ ग्राम २६ मिलि ग्राम फेला पारी निजलाइ लागु औषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।