लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२५
- A
- A-
- A+
रौतहट, चन्द्रनिगाहपुर नगरपालिका ४ धनसार स्थित पूर्व पश्चिम
सडक खण्डबाट ९ किलो ७५० ग्राम (प्लास्टिक सहित)
लागु औषध गाँजा सहित जिल्ला बारा निजगढ नगरपालिका १२ बस्ने बर्ष ३४ को दिपक
थिङलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको
प्रहरी टोलीले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको
ना ८० प ९८९३ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजलाई उक्त
परिमाण बराबरको लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।