प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, औरही नगरपालिका वडा नं.९ टिमकिया स्थितबाट लागु औषध गाँजा ८  किलो ८०० ग्राम (बोरा सहित) सोही स्थान बस्ने बिरेन्द्र यादवको श्रीमती बर्ष ५५ की राम कुमारी देवी यादवलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले वेशेष सुचनाको आधारमा खानतलासी गर्दा निज राम कुमारी देवी यादवले आफ्नो पक्की घरको छतमा लुकाई राखिएको सेतो बोरा भित्र रातो प्लाष्टिकले लेपन गरेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      पर्सा, जगरनाथपुर गाउँपालिका २ नहर सडक खण्डबाट लागु औषध ONEREX नामक लागु औषध ३ बोतल र N10 लेखिएको लागु औषध ४ पिस (ट्याब्लेट) सहित बिरगंज महानगरपालिका १२ बस्ने बर्ष २५ को मोसि आलम र सोही स्थान बस्ने बर्ष २७ को  नाजिर आलमलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको च । इलाका प्रहरी कार्यालय जानकिटोलाबाट खटिएको प्रहरी टोलीले ईनर्वाबाट बिरगंज तर्फ जाँदै गरेको म.प्र.०३०३७ प ९०९२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेक जाँच गर्दा उक्त लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२

१.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका वडा नं. ०४ त्रिभुवननगर प्रहरी चौकीको पछाडी पट्टीको बाटो स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.१२,२९०००।– (अक्षरेपी बाह्र लाख उन्नतिस हजार), BR 30 Y 3287 नम्वरको मोटरसाइकल सहित  देश भारत बिहार जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अन्दाजि वर्ष २९ को धर्मेन्द्र महतोलाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को ८१४ थान, रु.५०० को ६७१ थान, रु.१०० को ७१२ थान, र रु.५० को १६६ थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२१

१.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर स्थितबाट लागू औषध ५२ किलोग्राम गाँजा, बा १२ च ४७१० नं.को पिकअप सहित लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने शेर बहादुर वाईवाको छोरा अन्दाजि बर्ष २५ को गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । हिरापुर स्थित लागू औषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाक प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी चेकिङ् टोलिले पत्थरकोटबाट लालबन्दी तर्फ आउँदै गरेको बा १२ च ४७१० नं. को सेतो रंगको पिकअप गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिको चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र पिकअप गाडी सहित निजलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१ राष्ट्रिया बाणिज्य बैङ्क अगाडी भित्री सडकखण्डबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५२.८५० ग्राम र प्लाष्टिक बाहेकको तौल ४७.६२० ग्राम ), प्रदेश २-०२-००५ प ३१५९ नं.को मोटरसाइकल  सहित  जलेश्वर नगरपालिका वडा नं.०६ बस्ने अन्दाजि बर्ष २६ को बिक्की कुमार मिश्र र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २२ बस्ने जिवन परियारको छोरी बर्ष अन्दाजी १६ की नेहा परियारलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्सिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा कृषी बिकास बैङ्कको भित्री बाटो हुदै गौरीडाडाँ तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार निज नेहा परियारले हातमा झुण्डाएको सेतो प्लाष्टिको झोला भित्र ROMANZO CHOCO LAVA COOKIES लेखिएको चकलेटको बट्टामा लुकाई छिपाई राखेको सेतो प्लाष्टिक भित्र लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी रितपुर्वक बराबद गरी लागू औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.   सिरहा, गोलबजार नगरपालिका वडा नं.०६ वर्धमान हस्पिटल स्थित पुर्व पशचिम लोकमार्गबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित  ४ ग्राम ३३ मिलीग्राम, प्लाष्टिक बाहेक २ ग्राम ), प्रदेश २-०१-००२ प ६२३६ नम्वरको पल्सर मोटरसाइकल सहित गोलबजार नगरपालिका वडा नं.०६ गोलबजार बस्ने योगेन्द्र साहको छोरा अन्दाजि वर्ष २४ को आशिष कुमार साहलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त खटिएको प्रहरी चेकिङ् टोलिले चोहर्वाबाट गोलबजार तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथि शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजले लगाएको सर्टको माथिको बाँया  साईडको गोजिमा १९ वटा स-सानो कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.    सर्लाही,हरिवन नगरपालिका वडा नं. ०५ हिरालाल टोलबाट लागू औषध गाँजा ( प्लाष्टिक सहित ५१.५ किलोग्राम ) र ज १ च १५५८ नम्वरको एम्बुलेन्स सहित जिल्ला रौतहट यमुनामाई गाउपालिका वडा नं. ०४ सरूअठा टोल बस्ने अन्दाजी बर्ष ३७ को सुरेन्द्र राय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त एम्बुलेन्समा लागू औषध गाँजा ओसार पसार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी चेकिङ टोलिले सोही ठाउँमा उक्त एम्बुलेन्स रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा  प्लाष्टिकको २ वटा बोरामा प्लाष्टिकको १० प्याकेट बनाई लुकाई छिपाई राखेको लागू औषध गाँजा फेला पारी लागू औषध र एम्बुलेन्स सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.     सर्लाही, ब्रहम्पुरी गाउपालिका वडा नं. ०४ प्रहरी चेकपोष्टबाट लागू औषध Nitrazepam ( Nitcor-10 लेखेको २६ पत्ता -२५४ पिस ), मधेश प्रदेश -०३-००१ ह ३४९ नम्वरको अटो सहित ईश्वरपुर नगरपालिका वडा नं. ०५ बस्ने  हदिस मिकरानिको छोरा अन्दाजि बर्ष ३५ को जावेद हुसेन र सोहि स्थानमा बस्ने चेत बहादुर परियारको छोरा अन्दाजि बर्ष २२ को स्वय परियारलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त अटोमाथी शंका लागी चेकजाँच गर्दा चालकको अगाडी भएको ऐनामाथी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध फेला पारी लागू औषध र अटो सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खोटा मुद्रा सहित मानिसहरू नियन्त्रणमा
२०८२-०८-१७

१.      रौतहट, ईशनाथ नगरपालिका वडा नं. ०४ लम्मरी स्थितबाट खोटा मुद्रा जस्तो देखिने ( जाली नोट ) नेपाली खोटा रु. १०००/- को नोट ११८ ( एक सय अठाह्र ) थान गरी जम्मा खोटा रु.१,१८,०००/- (एक लाख अठाह्र हजार ), BR 05 AT 0983 नं. को मोटरसाइकल सहित देवाही गोनाही नगरपालिका वडा नं. ०४ बस्ने सोनालाल राउतको छोरा अन्दाजि बर्ष २० को अजय पटेल, सोहि स्थानमा बस्ने रामबाबु पटेलको छोरा अन्दाजि बर्ष २१ को गेनालाल पटेल र देश भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण वडा नं.२ कुडवा चैनपुर बस्ने बिरेन्द्र सिंहको छोरा अन्दाजि बर्ष २३ को जयप्रकाश कुमारलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मठिया महुलिया र  नेपाल बोर्डर आउट पोष्ट मठिया रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल र आफुसंग बोकेको जाली नोट फाली भाग्न खोज्दा निजहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजहरुसंग खोटा मुद्रा बरामत गरी खोटा मुद्रा र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-१६

 १.   बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चोकबाट अबैध भन्सार छली (बिलबिजक भन्दा फरक भएको) कटन मार्किङ कपडा, कुर्ता सुरुवाल, कर्टन सारी, लेडिज सल, प्रिन्ट कपडा र झोलाको कपडाहरु सहित अन्दाजी  रु. ४२,५५,०००।– (बयालिस लाख पचपन्न हजार) बराबरको सामान सहित ना ७ ख ५८५२ नं.को ट्रक सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको चेकिङ्ग टोलीले विशेष सुचनाको आधारमा बिरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त ट्रकमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१६

१.      पर्सा, पर्टवा सुगौली गाउँपालिका वडा नं. ०२ रङ्गपुर टाडी टोलबाट लागू औषध गाँजा ( १०४ किलो ३२५ ग्राम ), B AB 2398 नं. को मारुती सुजुकी गाडी सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ०८ धर्केमहाबिर टोल बस्ने बर्ष ३२ को भिम स्याङताङ र सोही स्थान वडा नं. ०१ आँपटार टोल बस्ने बर्ष ३८ को कुमार स्याङताङलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मनवा बाट रंङगपुरटाडी तर्फ जादै गरेको उक्त गाडीमाथी शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको १० ओटा बोरामा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र गाडी सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, निजगढ नगरपालिका वडा नं. ११ तपशैया नजिकै जंगलबाट लागू औषध गाँजा ७ किलोग्राम, ना ५८ प ७७२७ नं.को मोटरसाइकल सहित जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष २८ को हुसन अंसारी र सोहि स्थानमा बस्ने बर्ष ४५ को अल्यास देवानलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रतनपुर बाट तामागढी तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागि चेकजाँच गर्दा दुई जनाको बिचमा कालो ब्याग भित्र रातो प्लाष्टिकले  बेरी लुकाई छिपाई राखिएको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      पर्सा, विरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थितबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ ( १० किलोग्राम ) सहित धोबिनी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ४८ को सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजीम खानतलासी गर्दा निजले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

१.      बारा, पचरौता नगरपालिका वडा नं. ०३ भठी बैरीया विधालय नजिकबाट लागू औषध Tramadol ( ४५९० पत्ता, ४५९०० पिस ) सोमबार बिहान प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौन्गढ र प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल माथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल चालकले आफुसंग भएको बोरा फाली मोटरसाइकल सहित फरार भएकोले बोरा चेकजाँच गर्दा बोरा भित्र उक्त लागू औषध Tramadol फेला पारी नियन्त्रणमा लिई, फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजतालस कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोलबाट लागू औषध गाँजा ( ४ किलो ७५० ग्राम ) सहित चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोल बस्ने नर बहादुर योन्जनको छोरा अन्दाजी बर्ष ३३ को सुमन तामाङ योन्जनलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । योन्जनले आफ्नै घरमा लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको घर खानतलासी गर्दा आफु सुत्ने कोठामा पलङको घर्रामा कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।