फरार प्रतिवादी नियन्त्रणमा
२०८२-०४-२६
- A
- A-
- A+
बारा, लागु औषध हिरोईन सम्बन्धी कसुर मद्दामा ६
महिना कैद सजाय भएको फरार प्रतिवादी जिल्ला बारा बिश्रामपुर गाउँपालिका ५ ईटियाहि
बस्ने बर्ष २६ को बाहुबली भन्ने सुरेन्द्र साह सोनारलाई सोमबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै
जाने क्रममा निजलाई निजकै घर अगाडीबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।