लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१६
- A
- A-
- A+
१.
पर्सा, पर्टवा सुगौली गाउँपालिका
वडा नं. ०२ रङ्गपुर टाडी टोलबाट लागू औषध गाँजा ( १०४ किलो ३२५ ग्राम ), B
AB 2398 नं. को मारुती सुजुकी गाडी सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका
वडा नं. ०८ धर्केमहाबिर टोल बस्ने बर्ष ३२ को भिम स्याङताङ र सोही स्थान वडा नं.
०१ आँपटार टोल बस्ने बर्ष ३८ को कुमार स्याङताङलाई सोमबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी
चेकिङ्ग टोलीले मनवा बाट रंङगपुरटाडी तर्फ जादै गरेको उक्त गाडीमाथी शंका लागि
चेकजाँच गर्दा प्लाष्टिकको १० ओटा बोरामा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा
फेला पारी लागू औषध र गाडी सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, निजगढ नगरपालिका वडा नं. ११ तपशैया
नजिकै जंगलबाट लागू औषध गाँजा ७ किलोग्राम, ना ५८ प ७७२७ नं.को मोटरसाइकल सहित जिल्ला
बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष २८ को हुसन अंसारी र सोहि
स्थानमा बस्ने बर्ष ४५ को अल्यास देवानलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रतनपुर बाट
तामागढी तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागि चेकजाँच गर्दा दुई जनाको
बिचमा कालो ब्याग भित्र रातो प्लाष्टिकले बेरी लुकाई छिपाई राखिएको उक्त लागू औषध गाँजा
फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
पर्सा, विरगञ्ज महानगरपालिका
वडा नं. १५ प्रतिमा चोक स्थितबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ ( १०
किलोग्राम ) सहित धोबिनी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ४८ को सम्सुल मियाँलाई
मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदल यात्रीमाथी शंका लागी
नियन्त्रणमा लिई कानुन बमोजीम खानतलासी गर्दा निजले बोकेको कालो ब्यागभित्र
प्लाष्टिकले बेरि लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ
फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।