प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-१६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, पर्टवा सुगौली गाउँपालिका वडा नं. ०२ रङ्गपुर टाडी टोलबाट लागू औषध गाँजा ( १०४ किलो ३२५ ग्राम ), B AB 2398 नं. को मारुती सुजुकी गाडी सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ०८ धर्केमहाबिर टोल बस्ने बर्ष ३२ को भिम स्याङताङ र सोही स्थान वडा नं. ०१ आँपटार टोल बस्ने बर्ष ३८ को कुमार स्याङताङलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मनवा बाट रंङगपुरटाडी तर्फ जादै गरेको उक्त गाडीमाथी शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको १० ओटा बोरामा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र गाडी सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, निजगढ नगरपालिका वडा नं. ११ तपशैया नजिकै जंगलबाट लागू औषध गाँजा ७ किलोग्राम, ना ५८ प ७७२७ नं.को मोटरसाइकल सहित जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष २८ को हुसन अंसारी र सोहि स्थानमा बस्ने बर्ष ४५ को अल्यास देवानलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रतनपुर बाट तामागढी तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागि चेकजाँच गर्दा दुई जनाको बिचमा कालो ब्याग भित्र रातो प्लाष्टिकले  बेरी लुकाई छिपाई राखिएको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.      पर्सा, विरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थितबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ ( १० किलोग्राम ) सहित धोबिनी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ४८ को सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजीम खानतलासी गर्दा निजले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध सामान सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको ) खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. ३,५८,५६,५३५।- (तिन करोड अन्ठाउन्न लाख छप्पन्न हजार पाँच सय पैतिस ) बराबरको समान सहित बा ४ ख ४७७ र म.प्र.०३-००२ ख ४३३७ नम्बरको दुई वटै डब्बा (ट्रक) बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा (ट्रक) हरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोट जियाजोरको झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम, बा. ४७ प ४६६४ नं. को मोटरसाईकल सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ बस्ने अन्दाजी बर्ष २१ को सोम बहादुर तामाङ्ग रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, रामगोपालपुर नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा १०० किलोग्राम र DL-1Co 5869 नं.को कार बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र लागू औषध ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी संयुक्त टोलिले हरिणमरिणबाट ससौला तर्फ जादै गरेको कार बाटोमा रोकि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, जनकपुर उपमहानगरपालिका-८ दुधमति खोलाबाट अवैध लागूऔषध आईकफ सिरप १८ पिस, स्पासमो प्रोक्सिभेन ट्यावलेट ४१ पिस, नाईट्रोजेपाम ७७ पिस र गाँजा २ पुरीया ५० ग्राम, ज. १२ प ५२२५ नं. को मोटरसाईकल सहित २ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने अन्दाजी बर्ष ४८ को राकेश तामाङ् र महोत्तरी पिपरा गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष २६ को आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रहरी चौकी बलबा र जिरोमाईलबाट खटिएको प्रहरी संयुक्त टोलिले उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।