स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२
- A
- A-
- A+
१.
सर्लाही, ब्रहम्पुरी गाउँपालिका वडा नं. ०४
त्रिभुवननगर प्रहरी चौकीको पछाडी पट्टीको बाटो स्थितबाट स्रोत नखुलेको नेपाली
रुपैयाँ रु.१२,२९०००।– (अक्षरेपी बाह्र लाख उन्नतिस हजार), BR 30 Y 3287 नम्वरको मोटरसाइकल सहित देश भारत
बिहार जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अन्दाजि वर्ष २९ को
धर्मेन्द्र महतोलाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त
मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम
रु.१००० को ८१४ थान, रु.५०० को ६७१ थान, रु.१०० को ७१२ थान, र रु.५० को १६६ थान
गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।