प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२०

  • A
  • A-
  • A+
Share


१.      सिरहा, धनगढीमाई नगरपालिका वडा नं. ०१ बाखरबाट २६ किलो ३०० ग्राम लागू औषध गाँजा फेला पारी शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बाखर स्थित हरिनायराण कामैतको  घर अगाडी सडकको पेटीमा २ वटा ब्याग बेवारिसे अवस्थामा राखिएको भनी भनि सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटि गएको प्रहरी टोलिले उक्त स्थानमा गई चेकजाँच गर्दा कालो रंगको हातमा झुण्डयाउने ब्यागमा तौल गर्दा १३ किलो ८०० ग्राम, ब्याग बाहेक १३ किलो १०० ग्राम र कलेजी रङ्गको पिठियुमा भिर्ने ब्यागमा तौल गर्दा १४ किलो, ब्याग बाहेक १३ किलो २०० ग्राम गरी जम्मा उक्त लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सिरहा, लहान नगरपालिका वडा नं. ०१ बाट लागू औषध Diazepam – ११ एम्पुल, Phenergan – ८ एम्पुल, Buprenorphine – १३ एम्पुल, Nitrazepam Tablets ८ पत्तामा ७९ ट्याब्लेट, Wiscorex 100 ml – १० बोतल र प्रदेश २-०१-००२ प ६२६३ नं.को मोटरसाइकल सहित  लहान नगरपालिका वडा नं. ०१ बस्ने दायाराम ठाकुरको छोरा बर्ष २३ को गौतम ठाकुर र सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. ०८ बस्ने किरणदेव चौधरीको छोरा वर्ष २१ को गौतम चौधरी समेतलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । निज गौतम ठाकुरले भारतबाट लागु औषधहरु खरिद गरी आफ्नै घरमा लुकाई छिपाई  राखि बिक्रि बितरण कारोवार गर्ने गरेको भनि गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिराहाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिन खोज्दा निजले आफ्नै हातमा झुण्डाएको फिक्का पहेँलो रङको झोला गहुँ बारीमा फालेकोमा निजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजले लगाएको पाईन्टको अगाडी तर्फको दाहिने खल्तीबाट तथा झोलाबाट उक्त लागू औषधहरु फेला पारेको र निजकै घरमा लुकि छिपी बसि रहेको अवस्थाबाट गौतम चौधरी समेतलाई फेला पारी, लागू औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
गाई,गोरु र पिकअप गाडी सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२

१.      महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाँडा काँटा स्थितबाट पशु भेटनगरी बिल नभएको अन्दाजी रु. ११,५०,०००।– (एघार लाख पचास हजार) मुल्य बराबरको ३ वटा गाई, ३ वटा गोरु र प्रदेश १०१००१च ८८१७ नं. को पिकअप गाडिको मुल्य सहित चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुर बस्ने अन्दाजी बर्ष ३० को निराजन खड्कालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्राफिक चेकिङ्गको क्रममा सिन्धुलीबाट बर्दिवास तर्फ आउदै गरेको उक्त पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा पशु भेटनरी बिल नभएको अवस्थामा ६ वटा गाई, गोरु फेला पारी गाई गोरु सहित पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि गाई, गोरु र पिकअप भिठ्ठामोड भन्सार कार्यालय महोत्तरीमा बुझाएको हो । पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२

सिरहा, गोलबजार नगरपालिका वडा नं. ०२ स्थितबाट लागु औषध खैरो हेरोईन ( प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम ६७० मिलीग्राम  प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८०० मिलीग्राम ) सहित सिरहा गोलबजार नगरपालिका वडा नं. ०५ CDO टोल बस्ने किसुन यादवको छोरा अन्दाजी वर्ष २२ को अभिषेक यादव, धनगढीमाई नगरपालिका वडा नं. ०८ चियावारी बस्ने सोनेलाल शर्माको छोरा अन्दाजी वर्ष २४ को नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०९ बस्ने ज्ञानेन्द्र देवकोटाको छोरा अन्दाजी वर्ष ३९ को प्रभात देवकोटालाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध खैरो हेरोईनको बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले जमनटोकी देखि गरुधाम जाने बाटो छेउ स्थित फुसको टहरा भित्र शंकास्पद रुपमा बसि रहेका मानिसहरुको शरीर खानतलासी गर्दा निज प्रभात देवकोटाले लगाएको ज्याकेटको गोजि भित्र लुकाइ छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गर्ने मानिस नियन्त्रणमा
२०८२-०९-२२

सिरहा, बिष्णुपुर गाउँपालिका वडा नं. ०१ हरिनगरा टोल स्थित रामबृक्ष कामतीको छोरा अन्दाजी बर्ष ४२ को बिजय कुमार कामतीले आफ्नै घरमा पार्किङ्ग गरी राखेको स १० प ३४०१ नं.को १५० CC को रातो पल्सर मोटरसाईकल चोरी फरार भएका जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौक बस्ने हिरालाल कामतीको छोरा अन्दाजी बर्ष १९ को सत्यासी कुमार कामतीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरी भएको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौकबाट उक्त नम्बरको मोटरसाईकल चोरी गरी भाग्ने क्रमममा मोटरसाईकल सहित निजलाई फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२१

१.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १ जङ्गल टोल स्थितबाट लागु औषध ६० किलोग्राम गाँजा, BR02PB2226 नम्बरको भारतीय कार, बागमती प्रदेश ०६-०२ प १७७० नम्बरको मोटरसाईकल सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर बस्ने वाजुल साहको छोरा अन्दाजी बर्ष ३२ को नुरहसन साहलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले डाबरीबाट लालबन्दी तर्फ आउँदै गरेको उक्त कार र मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्न खोज्दा नरोकी तिव्रगतिमा भाग्ने क्रममा मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्लेखित कारमा लागु औषध गाँजा रहेको छ भने पश्चात इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको कारलाई पछ्याउने क्रममा कार अनियन्त्रित भई स्थानिय व्यक्तिको घरमा ठोकिएर कार छाडी चालक फरार रहेको अवस्थामा उक्त कार चेकजाँच गर्दा कारको सिटको पछाडि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध गाँजा फेला पारी गाँजा सहित भारतीय नम्बरको कार, मोटरसाईकल र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई फरार रहेको कार चालकको खोजतलास कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, बलरा नगरपालिका वडा नं. ३ स्थितबाट लागु औषध ८० किलो ९०० ग्राम गाँजा सहित BR33PA3701 नम्बरको भारतीय कार आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा मलंगवा र बि.ओ.पि. मधुवनीबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त कारलाई पछ्याँउदै जाँदा गाडि चालक र सवार मानिसहरु फरार भएको र उक्त गाडि चेकजाँच गर्दा फल्स बटन बनाई लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागु औषध गाँजा फेला पारी गाँजा सहित भारतीय कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी साधनहरु नियन्त्रणमा लिएको सम्बन्धी
२०८२-०९-२१

१.      रौतहट, ईशनाथ नगरपालिका वडा नं. ४ महुलिया टोल स्थितबाट शंकास्पद अवस्थामा रहेको भारतीय WB16AK3973 नं.को इको स्पोर्ट कार, BR05R6221 स्कुटर, BR05A3985 प्यासन प्रो, BR05U3317, BR06BZ8008, BR05S8539 र BR05AF7394 ग्यालेम्भर र BR05AA3365, BR05AY1224 र नम्बर प्लेट नभएको २ वटा स्पलेण्डर मोटरसाईकल सहित जम्मा ११ वटा सवारी साधनहरु प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ४ स्थितमा रहेको आँपको बगैंचामा लुकाई छिपाई राखेको उल्लेखित सवारी साधनहरुलाई प्रहरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।