प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १ जङ्गल टोल स्थितबाट लागु औषध ६० किलोग्राम गाँजा, BR02PB2226 नम्बरको भारतीय कार, बागमती प्रदेश ०६-०२ प १७७० नम्बरको मोटरसाईकल सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर बस्ने वाजुल साहको छोरा अन्दाजी बर्ष ३२ को नुरहसन साहलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले डाबरीबाट लालबन्दी तर्फ आउँदै गरेको उक्त कार र मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्न खोज्दा नरोकी तिव्रगतिमा भाग्ने क्रममा मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्लेखित कारमा लागु औषध गाँजा रहेको छ भने पश्चात इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको कारलाई पछ्याउने क्रममा कार अनियन्त्रित भई स्थानिय व्यक्तिको घरमा ठोकिएर कार छाडी चालक फरार रहेको अवस्थामा उक्त कार चेकजाँच गर्दा कारको सिटको पछाडि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध गाँजा फेला पारी गाँजा सहित भारतीय नम्बरको कार, मोटरसाईकल र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई फरार रहेको कार चालकको खोजतलास कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, बलरा नगरपालिका वडा नं. ३ स्थितबाट लागु औषध ८० किलो ९०० ग्राम गाँजा सहित BR33PA3701 नम्बरको भारतीय कार आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा मलंगवा र बि.ओ.पि. मधुवनीबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त कारलाई पछ्याँउदै जाँदा गाडि चालक र सवार मानिसहरु फरार भएको र उक्त गाडि चेकजाँच गर्दा फल्स बटन बनाई लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागु औषध गाँजा फेला पारी गाँजा सहित भारतीय कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।