प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखूलेको रकम सहित मानिस नियन्त्रणमा

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share


१.      रौतहट, गौर नगरपालिका वडा नं. १ भन्सार ब्यारेगेट अगाडिबाट श्रोत नखुलेको नेपाली रु. २,५०,२००।– ( दुई लाख पचास हजार दुई सय) सहित देश भारत सितामढी थाना बैरगनिया बस्ने अन्दाजी बर्ष ४० की रामकली देवीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी टोलीले भारतको बैरगनियाबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली रु. १००० को नोट १८० पिस, रु. ५०० को नोट १३३ पिस, रु. १०० को नोट ३७ पिस र भारतीय रु. १०० को नोट १ पिस पैसा फेला पारी उक्त रकम सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२४

१.       पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा स्थितबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने बस्तु (धुलो) ( प्लाष्टिक सहित १ ग्राम ५२० मिलिग्राम, प्लाष्टिक बाहेक १ ग्राम) सहित सोही स्थान फुलबारी टोल बस्ने नागेन्द्र रायको छोरा वर्ष २० को बिकि रायलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नगवाबाट भुकार चोक तर्फ पैदल जादै गरेको निज माथि शंका लागी रोकी रित पुर्व चेकजाँच गर्दा निजले लगाएको पाईन्टको दाँहिने खल्तिको पर्स भित्र स-साना २(दुइ) ओटा सेतो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध समान सहित ट्रकहरु नियन्त्रणमा
२०८२-०९-२४

महोत्तरी, पिपरा गाँपालिका वडा नं. ०५ स्थितबाट भन्सार प्रज्ञापन पत्रमा उल्लेखित समानहरु शंकास्पद देखिएकोले अन्दाजी  नेपाली रु. ६६,०३,२००।– ( छैसठ्ठी लाख तिन हजार दुई सय ) बराबरको ६५,०८० किलोग्राम सखर, UP 38 AT 4125 , BR 06 GF 6929 नम्वरको ट्रकहरु सहित चालक देश भारत यु.पि. जिल्ला सम्मल दिपासराय ग्राम पञ्चायत बस्ने अन्दाजी बर्ष ५० को जाबेद उल ईस्लाम र सितामढि रंजितपुर ग्राम पञ्चायत २ बस्ने अन्दाजी बर्ष ३९ को कृष्ण यादबलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका प्रहरी चेकिङ्ग टोलिले जलेश्वरबाट जनकपुर तर्फ जादै गरेको उक्त ट्रकहरुलाई रोकी  चेकजाँच गर्ने क्रममा लोड रहेको सखर (गुड) सहितको ट्रकहरुको भन्सार प्रज्ञापन पत्रमा उल्लेखित जिल्ला भन्दा अन्यत्र जिल्ला तर्फ जादै गरेको अवस्थाबाट ट्रकहरु सहित निजहरुलाई नियन्त्रणमा लिई पथलैया भन्सार कार्यालय,बारा पठाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गर्ने मानिस नियन्त्रणमा
२०८२-०९-२२

सिरहा, बिष्णुपुर गाउँपालिका वडा नं. ०१ हरिनगरा टोल स्थित रामबृक्ष कामतीको छोरा अन्दाजी बर्ष ४२ को बिजय कुमार कामतीले आफ्नै घरमा पार्किङ्ग गरी राखेको स १० प ३४०१ नं.को १५० CC को रातो पल्सर मोटरसाईकल चोरी फरार भएका जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौक बस्ने हिरालाल कामतीको छोरा अन्दाजी बर्ष १९ को सत्यासी कुमार कामतीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरी भएको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौकबाट उक्त नम्बरको मोटरसाईकल चोरी गरी भाग्ने क्रमममा मोटरसाईकल सहित निजलाई फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाई,गोरु र पिकअप गाडी सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२

१.      महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाँडा काँटा स्थितबाट पशु भेटनगरी बिल नभएको अन्दाजी रु. ११,५०,०००।– (एघार लाख पचास हजार) मुल्य बराबरको ३ वटा गाई, ३ वटा गोरु र प्रदेश १०१००१च ८८१७ नं. को पिकअप गाडिको मुल्य सहित चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुर बस्ने अन्दाजी बर्ष ३० को निराजन खड्कालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्राफिक चेकिङ्गको क्रममा सिन्धुलीबाट बर्दिवास तर्फ आउदै गरेको उक्त पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा पशु भेटनरी बिल नभएको अवस्थामा ६ वटा गाई, गोरु फेला पारी गाई गोरु सहित पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि गाई, गोरु र पिकअप भिठ्ठामोड भन्सार कार्यालय महोत्तरीमा बुझाएको हो । पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२

सिरहा, गोलबजार नगरपालिका वडा नं. ०२ स्थितबाट लागु औषध खैरो हेरोईन ( प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम ६७० मिलीग्राम  प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८०० मिलीग्राम ) सहित सिरहा गोलबजार नगरपालिका वडा नं. ०५ CDO टोल बस्ने किसुन यादवको छोरा अन्दाजी वर्ष २२ को अभिषेक यादव, धनगढीमाई नगरपालिका वडा नं. ०८ चियावारी बस्ने सोनेलाल शर्माको छोरा अन्दाजी वर्ष २४ को नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०९ बस्ने ज्ञानेन्द्र देवकोटाको छोरा अन्दाजी वर्ष ३९ को प्रभात देवकोटालाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध खैरो हेरोईनको बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले जमनटोकी देखि गरुधाम जाने बाटो छेउ स्थित फुसको टहरा भित्र शंकास्पद रुपमा बसि रहेका मानिसहरुको शरीर खानतलासी गर्दा निज प्रभात देवकोटाले लगाएको ज्याकेटको गोजि भित्र लुकाइ छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।