प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२४

  • A
  • A-
  • A+
Share


१.       पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा स्थितबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने बस्तु (धुलो) ( प्लाष्टिक सहित १ ग्राम ५२० मिलिग्राम, प्लाष्टिक बाहेक १ ग्राम) सहित सोही स्थान फुलबारी टोल बस्ने नागेन्द्र रायको छोरा वर्ष २० को बिकि रायलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नगवाबाट भुकार चोक तर्फ पैदल जादै गरेको निज माथि शंका लागी रोकी रित पुर्व चेकजाँच गर्दा निजले लगाएको पाईन्टको दाँहिने खल्तिको पर्स भित्र स-साना २(दुइ) ओटा सेतो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०८

१.      पर्सा, छिपहरमाई गाउँपालिका-०५ भिष्वा स्थितबाट लागूऔषध गाँजा ५ किलोग्राम र BR05-S-5953 नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ५२ को छोटेलाल महतो र देश भारत जिल्ला बेतिया थाना मझौली बस्ने अन्दाजि बर्ष ५० को दिनेश महतो रहेका छन् । प्रहरी चौकी भिष्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, पर्सा गाउँपालिका-०२ संग्रामपुर स्थितबाट अवैध लागूऔषध गाँजा २० ग्राम र kores eraz-ex diluter pen सुई थान-१ सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने नथुनी राय यादवको छोरा अन्दाजि वर्ष २० को सविन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय संग्रामपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, मलंगवा नगरपालिका-०५ भाडसर स्थितबाट अवैध लागूऔषध गाँजा ४९३ ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका-०२ ईनर्वा टोल बस्ने मन्जुर मुकेरीको छोरा अन्दाजि बर्ष २५ को अमान मिकरानि रहेका छन् । प्रहरी चौकी भाडसर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      महोत्तरी, मटिहानी नगरपालिका-०८ स्थित बोर्डर सिमा नाकाबाट अवैध लागूऔषध गाँजा १.६८६ किलोग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत नयाँदिल्ली बस्ने रहमद तुल्लाको छोरा अन्दाजि बर्ष २० को रफा तुल्ला रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानी महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी मटिहानीमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०७

सिरहा, गोलबजार नगरपालिका-०४ बिकाश होटल अगाडी कसहाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९.५४ ग्राम सहित ३ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढिमाई नगरपालिका-०८ बस्ने हरि नारायण यादवको छोरा अन्दाजि बर्ष १९ को दिपक कुमार यादव, धनगढिमाई नगरपालिका-०७ बस्ने अमन महतोको छोरा अन्दाजि बर्ष २० को आशिक महतो र धनगढीमाई नगरपालिका-०६ बस्ने राज कुमार दासको छोरा अन्दाजि बर्ष १८ को राजेश कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०६

१.      पर्सा, पोखरीया नगरपालिका-०५ सतबरीया स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६५ को रामदयाल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९४० मिलिग्राम सहित १ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-०४ घर भई हाल जिल्ला पर्सा बिरगंज महानगरपालिका-११ रानीघाट बस्ने भरत महतको छोरा अन्दाजि बर्ष १८ को भाबरिस क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, शहिदनगर नगरपालिका-०३ दुर्गा मन्दिर अगाडीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२.५८० ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० मिसारपटि बस्ने जयराम यादवको छोरा अन्दाजि बर्ष १९ को राजन यादव र हंसपुर नगरपालिका-०९ बस्ने अर्जुन पासवानको छोरा अन्दाजि बर्ष २६ को बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकुहा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०५

१.      महोत्तरी, लोहारपट्टी नगरपालिका-०६ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओकिल कवारीको श्रीमती अन्दाजि बर्ष ४० की अनिसा खातुन बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरमपुर महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, मिर्चैया नगरपालिका-०८ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सौखी रायको छोरा अन्दाजि बर्ष ५२ को नथुनी रायलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।