फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०६
- A
- A-
- A+
सप्तरी जिल्लाका बिभिन्न स्थानबाट ज.ज.क. मुद्दाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-६ बस्ने जगदिश दासको छोरा अन्दाजि वर्ष २२ को रविन दास भन्ने रविन्द्र कुमार ताँती, कुटपिट मुद्दाको फरार प्रतिवादी बोदेबर्साईन नगरपालिका-०६ बस्ने बर्ष ६० को ईन्द्रजित साह र अन्दाजि बर्ष ५० को लक्ष्मि साह समेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।