फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०७
- A
- A-
- A+
सप्तरी, खड्क नगरपालिका-०१ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४८ को बिरेन्द्र मण्डलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिस्वा बेल्ही सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जालसाज मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।