लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०६
- A
- A-
- A+
१. पर्सा,
पोखरीया नगरपालिका-०५ सतबरीया स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम सहित
१ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि
बर्ष ६५ को रामदयाल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बिरगंज महानगरपालिका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९४०
मिलिग्राम सहित
१ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-०४ घर
भई हाल जिल्ला पर्सा बिरगंज महानगरपालिका-११ रानीघाट बस्ने भरत महतको छोरा अन्दाजि
बर्ष १८ को भाबरिस क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, शहिदनगर नगरपालिका-०३ दुर्गा मन्दिर अगाडीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२.५८० ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० मिसारपटि बस्ने जयराम यादवको छोरा अन्दाजि बर्ष १९ को राजन यादव र हंसपुर नगरपालिका-०९ बस्ने अर्जुन पासवानको छोरा अन्दाजि बर्ष २६ को बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकुहा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।