लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०८
- A
- A-
- A+
१.
पर्सा, छिपहरमाई
गाउँपालिका-०५ भिष्वा स्थितबाट लागूऔषध गाँजा ५ किलोग्राम र BR05-S-5953 नम्बरको मोटरसाईकल सहित
२ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ५२ को छोटेलाल महतो र देश भारत जिल्ला बेतिया थाना मझौली बस्ने अन्दाजि
बर्ष ५० को दिनेश महतो रहेका छन् । प्रहरी चौकी भिष्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, पर्सा
गाउँपालिका-०२ संग्रामपुर स्थितबाट अवैध लागूऔषध गाँजा २० ग्राम र kores eraz-ex
diluter pen सुई थान-१ सहित
१ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने नथुनी राय यादवको
छोरा अन्दाजि वर्ष २० को सविन कुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय संग्रामपुर सर्लाहीबाट
खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, मलंगवा
नगरपालिका-०५ भाडसर स्थितबाट अवैध लागूऔषध गाँजा ४९३ ग्राम सहित
१ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका-०२ ईनर्वा टोल
बस्ने मन्जुर
मुकेरीको छोरा अन्दाजि बर्ष २५ को अमान मिकरानि रहेका छन् । प्रहरी चौकी भाडसर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. महोत्तरी,
मटिहानी नगरपालिका-०८ स्थित बोर्डर सिमा नाकाबाट
अवैध लागूऔषध गाँजा
१.६८६ किलोग्राम सहित
१ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा देश भारत नयाँदिल्ली बस्ने रहमद तुल्लाको
छोरा अन्दाजि बर्ष २० को रफा तुल्ला रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानी महोत्तरीबाट
खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिई प्रहरी चौकी मटिहानीमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।