फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०५
- A
- A-
- A+
१.
महोत्तरी, लोहारपट्टी नगरपालिका-०६ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओकिल कवारीको श्रीमती अन्दाजि बर्ष ४० की अनिसा खातुन बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरमपुर महोत्तरीबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्दामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
सिरहा, मिर्चैया नगरपालिका-०८ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सौखी रायको छोरा अन्दाजि बर्ष ५२ को नथुनी रायलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।