प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०५-०२

  • A
  • A-
  • A+
Share

१.      पर्सा, बिरगंज महानगरपालिका-१८ इनर्वा मनियारी स्थितबाट लागूऔषध गाँजा २२० ग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने कृष्ण ठाकुर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, पर्सा गाउँपालिका-०६ स्थितबाट लागूऔषध गाँजा १० ग्राम, Nitrazepam-१५ पिस, ज ६ प ८२४० नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-०३ बस्ने अन्दाजि बर्ष २९ को बलराम यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष २० को सुनिल यादव रहेका छन् श्री संग्रामपुर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्लाहीबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकी पर्सामा बुझाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-०८ लवटोली स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ६० मिलिग्राम, म.प्र.०२-००८प ७३८३ नम्बरको मोटरसाईकल सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजेन्द्र यादवको छोरा बर्ष २१ को आदित्य यादव रहेका छन् । जिल्ला चौकी पोर्ताहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०५

१.      पर्सा, सुगौली गाउँपालिका-०१ मलाही टोल स्थितबाट लागूऔषध गाँजा ३० किलोग्राम सहित ३ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुगौली गाउँपालिका-०१ मलाही टोल बस्ने भुटी सहनीको छोरा अन्दाजि बर्ष ३४ को नन्दलाल सहनी, बिहारी सहनीको छोरा अन्दाजि बर्ष ५० को महेश सहनी र सुदामा सहनिको छोरा वर्ष अ ७५ को भुटि भन्ने भुरी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर रामजानकी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३५० ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी नकरदेही पंचायत नं.२ बिर्ता टोल वस्ने नन्द साहको छोरा अन्दाजि बर्ष ४० को दुखी साह रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, हरिवन नगरपालिका-०९ स्थितबाट लागूऔषध SPAS GLENPARA-२०१४ पिस, ANTIKOF-३५०६ पिस, MEFTAL SPAS-१५०० पिस र TAPENTADOL-३५१४ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-१० सोल्टी बजार बस्ने पुलकित महतोको छोरा अन्दाजि वर्ष ४४ को प्रदिप महतो र जिल्ला रौतहट चपुर नगरपालिका-०१ पौराही टोल बस्ने कुल थापाको छोरा अन्दाजि बर्ष २८को सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सर्लाही, बागमती नगरपालिका-०४ स्थितबाट लागूऔषध onerex-३६ बोतल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-०४ डाबरी बस्ने सुकु बहादुर बर्माको छोरा अन्दाजि बर्ष २६ को कुल बहादुर बर्मा र बिष्णु भोलो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०४

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-०२ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बर्ष अन्दाजि ६३ को राजु भन्ने राजकुमार बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहा बाराबाट खटिएको प्रहरी टोलिले बालयौन दुरुपयोग मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, बरियारपट्टी गाउँपालिक-०१ कचनारी स्थितबाट फरार प्रतिवादी देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना ललमनिया ग्राम पंचायत घोडमोहना घर भइ हाल जिल्ला सिरहा नवराजपुर गाउँपालिका-०५ बस्ने मो. मोकिम मँसुरीको छोरा अन्दाजि वर्ष ३७ को मो. कुरुवान मँसुरी भन्ने मो.कुरुवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०४

१.      पर्सा, कालिकामाई गाउँपालिका-०२ सानो गदियानी स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५९.०८ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०३ स्थितबाट लागूऔषध Diazepam-१ पिस, Buprenorphine-२ पिस र Promethazine-२ पिस सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्भि नगरपालिका-०२ बस्ने आनन्द प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष २६ को आयुष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ स्थितबाट लागूऔषध गाँजा १९६ किलोग्राम, बा ५ च ८००१ नम्बरको पिकअप गाडी र प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका-०२ खरी ढुङगा बस्ने भरत भुजेलको छोरा अन्दाजि वर्ष २६ को रोशन भुजेल र जिल्ला मकवानपुर  मनहरी गाउँपालिका-०७ बस्ने बाबुराम स्याङबोको छोरा अन्दाजि बर्ष ३६ को बिरेन्द्र स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सवारीसाधन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-०६ फतेपुर टोल स्थितबाट लागूऔषध गाँजा २१००.३७ किलोग्राम सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने शुभलाल सदाको छोरा अन्दाजि वर्ष ७४ को भोला सदा र फुदिलाल मुखियाको छोरा अन्दाजि वर्ष ५६ को मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।