लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०४
- A
- A-
- A+
१.
पर्सा, कालिकामाई
गाउँपालिका-०२ सानो गदियानी स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५९.०८ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही,
मलंगवा नगरपालिका-०३ स्थितबाट लागूऔषध Diazepam-१ पिस, Buprenorphine-२ पिस र Promethazine-२ पिस सहित १ जनालाई शनिबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्भि
नगरपालिका-०२ बस्ने आनन्द प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष २६ को आयुष चौधरी रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
महोत्तरी, बर्दिबास
नगरपालिका-०१ स्थितबाट लागूऔषध गाँजा १९६ किलोग्राम, बा ५ च ८००१ नम्बरको पिकअप गाडी र प्र.३-०३-००१ प ३५२८
नम्बरको मोटरसाईकल सहित
२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा
जिल्ला धादिङ गल्छी गाउँपालिका-०२ खरी ढुङगा बस्ने भरत भुजेलको छोरा अन्दाजि वर्ष
२६ को रोशन भुजेल र जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०७ बस्ने बाबुराम स्याङबोको
छोरा अन्दाजि बर्ष ३६ को बिरेन्द्र स्याङबो रहेका
छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सवारीसाधन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-०६ फतेपुर टोल स्थितबाट लागूऔषध गाँजा २१००.३७ किलोग्राम सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने शुभलाल सदाको छोरा अन्दाजि वर्ष ७४ को भोला सदा र फुदिलाल मुखियाको छोरा अन्दाजि वर्ष ५६ को मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।