लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०५
- A
- A-
- A+
१.
पर्सा, सुगौली
गाउँपालिका-०१ मलाही टोल स्थितबाट लागूऔषध गाँजा ३० किलोग्राम सहित ३ जनालाई आईतबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुगौली गाउँपालिका-०१
मलाही टोल बस्ने भुटी सहनीको छोरा अन्दाजि बर्ष ३४ को नन्दलाल सहनी, बिहारी सहनीको
छोरा अन्दाजि बर्ष ५० को महेश सहनी र सुदामा सहनिको छोरा वर्ष अ ७५ को भुटि भन्ने
भुरी चौधरी रहेका छन् । इलाका प्रहरी
कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,
बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर रामजानकी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर
जस्तो देखिने पदार्थ ७.३५० ग्राम सहित
१ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी नकरदेही पंचायत नं.२ बिर्ता टोल
वस्ने नन्द साहको छोरा अन्दाजि बर्ष ४० को दुखी साह
रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, हरिवन
नगरपालिका-०९ स्थितबाट लागूऔषध SPAS GLENPARA-२०१४ पिस, ANTIKOF-३५०६ पिस, MEFTAL SPAS-१५०० पिस र TAPENTADOL-३५१४ पिस सहित
२ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-१० सोल्टी बजार बस्ने
पुलकित महतोको छोरा अन्दाजि वर्ष ४४ को प्रदिप महतो र जिल्ला रौतहट चपुर नगरपालिका-०१
पौराही टोल बस्ने कुल थापाको छोरा अन्दाजि बर्ष २८को सुरज थापा
रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय
बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, बागमती नगरपालिका-०४ स्थितबाट लागूऔषध onerex-३६ बोतल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-०४ डाबरी बस्ने सुकु बहादुर बर्माको छोरा अन्दाजि बर्ष २६ को कुल बहादुर बर्मा र बिष्णु भोलो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।