फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०४
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिक-०२ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने बर्ष अन्दाजि ६३ को राजु भन्ने राजकुमार
बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहा
बाराबाट खटिएको प्रहरी टोलिले बालयौन दुरुपयोग मुद्दाका फरार रहेको निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सिरहा, बरियारपट्टी गाउँपालिक-०१ कचनारी स्थितबाट फरार प्रतिवादी देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना
ललमनिया ग्राम पंचायत घोडमोहना घर भइ हाल जिल्ला सिरहा नवराजपुर गाउँपालिका-०५
बस्ने मो. मोकिम मँसुरीको छोरा अन्दाजि वर्ष ३७ को मो. कुरुवान मँसुरी भन्ने
मो.कुरुवानलाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार
सिरहाबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।