फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-०४
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार
प्रतिवादी बारा कोल्हबी नगरपालिका-०४ सपही टोल बस्ने कुमार बहादुर
बस्नेको छोरा अन्दाजि बर्ष ३० को सबिन बस्नेत र बारा महागढीमाई नगरपालिका-११ मधुरी बस्ने सिहराई राउत अहिरको छोरा अन्दाजि बर्ष ४५ को सुरेन्द्र यादब भन्ने
नागिन्द्र यादब समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. महोत्तरी
जिल्लाका बिभिन्न स्थानबाट बैंकिङ्ग कसुर मुद्बाको फरार
प्रतिवादी बर्दिबास नगरपालिका-१४ बस्ने ध्रुव बहादुर हमालको छोरा बर्ष ३८ को केशव
हमाल, ठगी मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०४
बस्ने अन्दाजि बर्ष २० को लभ कुमार महतो र मलंगवा नगरपालिका-०८ बस्ने अन्दाजि बर्ष ४७ को बुनिलाल राय, लेनदेन बिगो मुद्दाको
फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०८ शिवनगर बस्ने अन्दाजि बर्ष ५२ को
रामविश्वास यादव, ज्यान
मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी महोत्तरी बर्दिबास नगरपालिका-१४ जनता ग्यारेज
बस्ने रिना भगतको छोरा बर्ष २२ को पप्पु साह सोनार र बैकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी
महोत्तरी जलेश्वर नगरपालिका-०२ बस्ने कैलाश पासवानको छोरा अन्दाजि बर्ष ५० को रघु पासवान समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, बिदेह नगरपालिका-०५ एकराही बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५५ को सोनम खत्वेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण तथा शरिर बन्धक कसुर मुद्धामा फरार रहेका
निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
४. सप्तरी
जिल्लाका बिभिन्न स्थानबाट कुटपिट मुद्बाको फरार
प्रतिवादी बोदेबर्साइन नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ७० को समुझ खंग खत्वे, विष्णुपुर गाउँपालिका-०१
बस्ने धर्मदेव यादब, बहुबिवाह मुद्दाको फरार प्रतिवादी खडक नगरपालिका-०७
बस्ने हजारी पासमानको छोरा अन्दाजि बर्ष ३५ को भुपेन्द्र पासवान र घरेलु हिंसा मुद्दाको फरार प्रतिवादी सप्तरी डाक्नेश्वरी नगरपालिका-०८ प्रवाहा बस्ने रामेश्वर प्रसाद यादाव, अशिना देवी यादव र राम सुन्दर यादव समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।