प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट चोरी मुद्बाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-१६ वस्ने बिनोद घिमिरे को छोरा अन्दाजि वर्ष २७ को लक्षमण घिमिरे, नागरिककता सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-९ रामपुर बस्ने शेख बोवाजिल मियाको श्रीमती सफिकन खातुन र डाँका मुद्दाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-७ वेनौलिटोल वस्ने खेलवान पटेलको छोरा अन्दाजि वर्ष ३५ को प्रमोद पटेल समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      महोत्तरी, बर्दिबास नगरपालिका-०३ स्थित सर्वश्रेष्ठ होटेलबाट फरार प्रतिवादी बर्दिबास नगरपालिका-१० खयरमारा बस्ने रबिन्द्र कुमार लामाको छोरा बर्ष २९ को सनम लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      धनुषा, जनकपुर उप- महानगरपालिका-२० स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३९ को  श्याम सुन्दर साह सुडीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी अपराधिक विश्वासघात र अनुचित लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      सिरहा, सिरहा नगरपालिका-१५ कालिमन्दिर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६० को शिव शंकर यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०५

१.      महोत्तरी, लोहारपट्टी नगरपालिका-०६ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओकिल कवारीको श्रीमती अन्दाजि बर्ष ४० की अनिसा खातुन बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरमपुर महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, मिर्चैया नगरपालिका-०८ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सौखी रायको छोरा अन्दाजि बर्ष ५२ को नथुनी रायलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०५

महोत्तरी, सम्सी गाउँपालिका-०-६ सम्सीटोला स्थित साह चिया दरबार अगाडीबाट लागूऔषध गाँजा १५.८८० किलोग्राम, BR 30 U 4425 र BR 33 AC 94 (अगाडीको नं. स्पष्ट नभएको) नम्बरको मोटरसाइकल सहित ३ जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-०७ बस्ने अन्दाजि बर्ष ३२ को मुकेश साह, सम्सी गाउँपालिका-०७ बस्ने अन्दाजि बर्ष १९ को गनित कुमार यादव र औरही नगरपालिका-०३ बस्ने अन्दाजि वर्ष १९ को अंकुश साह रहेका छन् । प्रहरी चौकी सम्सी र अस्थाई प्रहरी पोष्ट महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-०४

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी बारा कोल्हबी नगरपालिका-०४ सपही टोल बस्ने कुमार बहादुर बस्नेको छोरा अन्दाजि बर्ष ३० को सबिन बस्नेत र बारा महागढीमाई नगरपालिका-११ मधुरी बस्ने सिहराई राउत अहिरको छोरा अन्दाजि बर्ष ४५ को सुरेन्द्र यादब भन्ने नागिन्द्र यादब समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी जिल्लाका बिभिन्न स्थानबाट बैंकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी बर्दिबास नगरपालिका-१४ बस्ने ध्रुव बहादुर हमालको छोरा बर्ष ३८ को केशव हमाल, ठगी मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०४ बस्ने अन्दाजि बर्ष २० को लभ कुमार महतो र मलंगवा नगरपालिका-०८ बस्ने  अन्दाजि  बर्ष ४७ को बुनिलाल राय, लेनदेन बिगो मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०८ शिवनगर बस्ने अन्दाजि बर्ष ५२ को रामविश्वास यादव, ज्यान मार्ने उद्योग  मुद्दाको फरार प्रतिवादी महोत्तरी बर्दिबास नगरपालिका-१४ जनता ग्यारेज बस्ने रिना भगतको छोरा बर्ष २२ को पप्पु साह सोनार र बैकिङ्ग कसुर  मुद्दाको फरार प्रतिवादी महोत्तरी  जलेश्वर नगरपालिका-०२ बस्ने   कैलाश पासवानको  छोरा अन्दाजि बर्ष ५० को रघु  पासवान समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, बिदेह नगरपालिका-०५ एकराही बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५५ को सोनम खत्वेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण तथा शरिर बन्धक कसुर मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी जिल्लाका बिभिन्न स्थानबाट कुटपिट मुद्बाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ७० को समुझ खंग खत्वे, विष्णुपुर गाउँपालिका-०१ बस्ने धर्मदेव यादब, बहुबिवाह मुद्दाको फरार प्रतिवादी खडक नगरपालिका-०७ बस्ने हजारी पासमानको छोरा अन्दाजि बर्ष ३५ को भुपेन्द्र पासवान र घरेलु हिंसा मुद्दाको फरार प्रतिवादी सप्तरी डाक्नेश्वरी नगरपालिका-०८ प्रवाहा बस्ने रामेश्वर प्रसाद यादाव, अशिना देवी यादव र राम सुन्दर यादव समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-०३

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८६० मिलिग्राम, ना ६५ प २८६१ नम्बरको मोटरसाइकल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१५ बस्ने छोटेलाल साह सोनारको छोरा अन्दाजि बर्ष १९ को सन्नी सराफ र बिरगंज महानगरपालिका-१२ बस्ने लालबाबु साह सोनारको छोरा अन्दाजि बर्ष १९ को साहिल सराफ रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, सुवर्ण गाउँपालिका-०१ स्थित लालबाबु साहको इट्टा भट्टाको पछाडीबाट वेवारिसे लागूऔषध गाँजा ८९२ ग्राम मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, कौडेना गाउँपालिका-०१ लक्ष्मिपुर स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३०० किलोग्राम मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, लहान नगरपालिका-१० लक्षमीनिया मोड स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम, NITZAHCEN-४ पिस र प्र.०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल सहित २ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-११ सोनी टोल बस्ने अन्दाजि वर्ष २४ को प्रदिप चौधरी र जिल्ला सप्तरी बोदेबरसाईन नगरपालिका-०५ भाती बस्ने अन्दाजि वर्ष २५ को दिगम्बर पण्डित रहेका छन् । प्रहरी चौकी लहान सिरहाबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०२

१.      पर्सा, बिरगंज महानगरपालिका-१८ इनर्वा मनियारी स्थितबाट लागूऔषध गाँजा २२० ग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने कृष्ण ठाकुर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, पर्सा गाउँपालिका-०६ स्थितबाट लागूऔषध गाँजा १० ग्राम, Nitrazepam-१५ पिस, ज ६ प ८२४० नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-०३ बस्ने अन्दाजि बर्ष २९ को बलराम यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष २० को सुनिल यादव रहेका छन् श्री संग्रामपुर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्लाहीबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकी पर्सामा बुझाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-०८ लवटोली स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ६० मिलिग्राम, म.प्र.०२-००८प ७३८३ नम्बरको मोटरसाईकल सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजेन्द्र यादवको छोरा बर्ष २१ को आदित्य यादव रहेका छन् । जिल्ला चौकी पोर्ताहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।