लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-०३
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८६० मिलिग्राम, ना ६५ प २८६१ नम्बरको मोटरसाइकल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१५ बस्ने छोटेलाल साह सोनारको छोरा अन्दाजि बर्ष १९ को सन्नी सराफ र बिरगंज महानगरपालिका-१२ बस्ने लालबाबु साह सोनारको छोरा अन्दाजि बर्ष १९ को साहिल सराफ रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,
सुवर्ण गाउँपालिका-०१ स्थित लालबाबु साहको इट्टा
भट्टाको पछाडीबाट वेवारिसे लागूऔषध गाँजा ८९२
ग्राम मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट चरमोहना बाराबाट
खटिएको टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो
। यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सर्लाही,
कौडेना गाउँपालिका-०१ लक्ष्मिपुर स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३०० किलोग्राम
मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. सिरहा,
लहान नगरपालिका-१० लक्षमीनिया मोड स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ २ ग्राम, NITZAHCEN-४ पिस र प्र.०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल सहित २
जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-११ सोनी टोल बस्ने अन्दाजि वर्ष २४ को प्रदिप चौधरी र
जिल्ला सप्तरी बोदेबरसाईन नगरपालिका-०५ भाती बस्ने अन्दाजि वर्ष २५ को दिगम्बर
पण्डित रहेका छन् । प्रहरी चौकी लहान सिरहाबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो
। यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।