लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका वडा नं. ०२ स्थितबाट लागु औषध खैरो हेरोईन ( प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम ६७० मिलीग्राम प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८०० मिलीग्राम ) सहित सिरहा गोलबजार नगरपालिका वडा नं. ०५ CDO टोल बस्ने किसुन यादवको छोरा अन्दाजी वर्ष २२ को अभिषेक यादव, धनगढीमाई नगरपालिका वडा नं. ०८ चियावारी बस्ने सोनेलाल शर्माको छोरा अन्दाजी वर्ष २४ को नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०९ बस्ने ज्ञानेन्द्र देवकोटाको छोरा अन्दाजी वर्ष ३९ को प्रभात देवकोटालाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध खैरो हेरोईनको बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले जमनटोकी देखि गरुधाम जाने बाटो छेउ स्थित फुसको टहरा भित्र शंकास्पद रुपमा बसि रहेका मानिसहरुको शरीर खानतलासी गर्दा निज प्रभात देवकोटाले लगाएको ज्याकेटको गोजि भित्र लुकाइ छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।