मोटरसाइकल चोरी गर्ने मानिस नियन्त्रणमा
२०८२-०९-२२
- A
- A-
- A+
सिरहा, बिष्णुपुर गाउँपालिका वडा नं. ०१ हरिनगरा टोल स्थित रामबृक्ष कामतीको छोरा अन्दाजी बर्ष ४२ को बिजय कुमार कामतीले आफ्नै घरमा पार्किङ्ग गरी राखेको स १० प ३४०१ नं.को १५० CC को रातो पल्सर मोटरसाईकल चोरी फरार भएका जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौक बस्ने हिरालाल कामतीको छोरा अन्दाजी बर्ष १९ को सत्यासी कुमार कामतीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरी भएको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ०५ लक्ष्मीपुर चौकबाट उक्त नम्बरको मोटरसाईकल चोरी गरी भाग्ने क्रमममा मोटरसाईकल सहित निजलाई फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।