गाई,गोरु र पिकअप गाडी सहित मानिस नियन्त्रणमा
२०८२-०९-२२
- A
- A-
- A+
१. महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाँडा काँटा
स्थितबाट पशु भेटनगरी बिल नभएको अन्दाजी रु. ११,५०,०००।– (एघार लाख पचास हजार)
मुल्य बराबरको ३ वटा गाई, ३ वटा गोरु र प्रदेश १०१००१च ८८१७ नं. को पिकअप गाडिको
मुल्य सहित चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुर बस्ने
अन्दाजी बर्ष ३० को निराजन खड्कालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीबाट
खटिएको संयुक्त प्रहरी टोलीले ट्राफिक चेकिङ्गको क्रममा सिन्धुलीबाट बर्दिवास तर्फ
आउदै गरेको उक्त पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा पशु भेटनरी बिल नभएको अवस्थामा
६ वटा गाई, गोरु फेला पारी गाई गोरु सहित पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि गाई, गोरु र पिकअप भिठ्ठामोड भन्सार
कार्यालय महोत्तरीमा बुझाएको हो । पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय
महोत्तरीमा बुझाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।